५ व्यवसायीले ‘माधबराज सुमार्गी स्मृति पुरस्कार’ पाउने, मनोनयन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 09:18:26 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी माधबराज सुमार्गीको सम्मानमा स्थापित ‘माधबराज सुमार्गी स्मृति पुरस्कार’ बाट यस वर्ष पाँच जना व्यवसायी सम्मानित हुने भएका छन् । मकवानपुरमा लामो समयदेखि विभिन्न उद्यममा संलग्न रहँदै आएका विभिन्न क्षेत्रका व्यवसायीहरुलाई ‘माधबराज सुमार्गी स्मृति पुरस्कार’ बाट सम्मान गरिँदै आईएकोमा यसवर्ष पनि निरन्तरता दिन लागिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको आगामी साधारणसभामा पुरस्कार वितरण गरिने पुरस्कारका संस्थापकसमेत रहेका नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले जानकारी दिएका छन् । पुरस्कार प्राप्त गर्नेमा मकवानपुरका पुराना व्यबसायी तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएकाहरु रहने सुमार्गीको भनाइ छ । पुरस्कृत हुने व्यक्तिको मनोनयन भइरहेको सुमार्गीले बताए । 

माधबराज सुमार्गी आफैं एक उद्यमी थिए । उनले मकवानपुरमा शुरु गरेको खानी उद्योग हाल विविधीकरण भएर अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गर्न सफल भइसकेको छ । हाल सुमार्गी समूहका रुपमा परिचित व्यावसायिक घरानाले अन्य नयाँ उद्यमीलाई पनि उद्यमशील बन्न प्रोत्साहन मिलोस् भनेर कोष खडा गरेको हो ।

पिता स्व. माधवराज सुमार्गी तथा माता विश्वकान्ति सुमार्गीको अग्रसरतामा २०२९ सालदेखि सञ्चालित हेटौंडा चुन उद्योग, कलात्मक काष्ठ उद्योग स्थापना गरिएकोमा सो व्यवसायलाई निरन्तरता दिँदै सुमार्गी परिवारले २०६० वैशाखदेखि दुरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकासजस्ता क्षेत्रमा कार्य गर्ने ती क्षेत्रहरुमा आबश्यक लगानी व्यबस्थापन, सञ्चालन सहकार्य गर्नेसमेत उद्धेश्यसाथ मुक्तिश्री प्रा.लि.ले विभिन्न क्षेत्रमा उद्योग÷व्यबसाय स्थापना र सञ्चालन गर्दै आएको छ ।

कम्पनीले राष्ट्रिय आबश्यकताहरुलाई परिपूर्ति गर्ने उद्धेश्यसाथ नेपालमा रहेको राष्ट्रिय तथा बहुर्राष्ट्रिय रंगरोगन (पेन्ट) बनाउने उद्योगको कच्चापदार्थ डोलामाइट तथा नेपालमा फस्टाएको पोल्ट्री व्यबसायको दाना बनाउने उद्योगको कच्चापदार्थ क्याल्सियम कार्बोनेट तथा कृषकले माटोमा बढ्दो अम्लीयपनका कारण भोग्नुपरेको समस्यालाई समाधान गर्न कृषिचुन र भवन निर्माणमा प्रयोग हुने मोज्याइक दानासमेत उत्पादन गर्ने देशको अग्रणी खानीजन्य उद्योगका रुपमा हेटौंडा चुन उद्योग प्रालि नामक उद्योग २०२९ सालदेखि मकवानपुरको निबुवाटार हुँदै भैंसे–७ मा सञ्चालनमा छ । २०३४ सालमा कलात्मक काष्ठ उद्योग र यातायात क्षेत्रमा काम गर्दै २०५५ सालमा एभरेष्ट मिनरल प्रोडक्ट प्रालिमा मिनरल उद्योग स्थापना गरी सञ्चालन हुँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved