प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर हस्पिटल पुगेका छन् । उनी दाँतको उपचारको लागि अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहानदेखि दात दुखी रहेपछि उनी दिउँसो ४ बजे उपचारको लागि वीर अस्पताल पुगेका हुन् ।डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।
प्रधानमन्त्री आज सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’, नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेट लगायतका कार्यक्रममा सहभागी भएका थिए ।