भवानी राणालाई एसियन म्यागनम अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 05:41:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले वर्ल्ड बुक अफ रेकर्डद्वारा एसियन म्यागनम अवार्ड २०२३ प्राप्त गरेकी छिन् । भारतको इन्दोरमा शनिबार आयोजित एक कार्यक्रममा राणालाई वर्ल्ड बुक अफ रेकर्ड यस्तो सम्मान प्रदान गरेको हो । 

शनिबारै राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायीसहित ‘विजनेश मिट’ पनि आयोजना भएको छ । 

नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडिबुटी, ठूला पूर्वाधार निर्माण सामाग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा विजनेस मिट केन्द्रीत रहेको बताएको छ । उक्त विजनेस मिटको अध्यक्षता राणाले गरेकी थिइन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved