आईएमएफद्वारा नेपालको लागि थप ऋण सहायता स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 08:52:22 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको लागि झन्डै ७ अर्ब ऋण सहायता स्वीकृत गरेको छ । मुद्रा कोषको सोमबार सम्पन्न कार्यकारी बोर्डको बैठकले नेपालको लागि एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी  (ईसीएफ) अन्तर्गतको दोस्रो वापतको ५२.८ मिलियन डलर बराबरको ऋण स्वीकृति गरेको हो 

नेपाली रुपैयाँ अनुसार यो रकम ६ अर्ब ८९ करोड ७१ लाख १६ हजार बराबर हुन आउँछ । मुद्रा कोषले  ईसीएफको पहिलो र दोस्रो रिभ्यु सम्पन्न गर्दै सो रकम बराबरको ऋण स्वीकृत गरेको हो । यस संगै नेपालको लागि ईसीएफ अन्तर्गत कुल १५७.४ मिलियन डलर अर्थात् २० अर्ब ५६ करोड पुगेको छ । 

मुद्रा कोषले सन् २०२२ मा नेपाललाई ३८४.८ मिलियन डलर अर्थात् ३१ अर्ब ४६ करोड ३१ लाख ऋण दिने निर्णय गरेको थियो । मुद्रा कोषले नेपाललाई यो रकम किस्ता किस्तामा दिने छ। दोस्रो किस्ता वापतको रकम स्वीकृत भएसंगै अब करिब ११ अर्ब ऋण स्वीकृति हुन बाँकि छ । यो रकम नेपालले तेस्रो किस्तामा  पाउने छ । तर त्यसको लागि नेपालले मुद्रा कोषले तोकेको शर्तहरु भने पालना गर्नु पर्ने छ । यो ऋण नेपाललाई शुन्य ब्याजदरमा प्रयोग गर्ने छ 

नेपालको रिभ्यु गर्दै मुद्रा कोषले राष्ट्र बैंकले लागु गरेको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्रमा सन्तुलन आएको र महंगी नियन्त्रण गर्न सहयोग पुगेको उल्लेख गरेको छ । त्यस्तै राष्ट्र बैंकले आफ्नो नियमन र सुपरिवेक्षणमा सुधार गर्नु पर्ने मुद्रा कोषले उल्लेख गरेको छ । साथै राष्ट्र बैंकले नेपालका बैंकहरुको एसेट क्वालिटी रिभ्युको लागि प्राथमिकता दिईरहेको आईएमएफले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved