अर्थतन्त्र सुधारबारे प्रधानमन्त्रीले बोलाएको बैठकमा लघुवित्त, सहकारी र ब्याजबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 07:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बोलाएको बैठक सकिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आजको बैठकमा अर्थतन्त्रबारे समिक्षा भएको र मंगलबार फेरी बैठक बस्ने जानकारी दिए  ।

मन्त्री महतका अनुसार मंगलबारको बैठकमा निजि क्षेत्रको सुझाव लिइने छ । मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने उनले बताए  ।

मन्त्री महतका अनुसार आजको बैठकमा राष्ट्र बैंकका गभर्नर, योजना आयोगका प्रतिनिधि , र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिवहरु उपस्थित थिए  । आजको बैठकमा आफुले अर्थतन्त्रबारेको वर्तमान अवस्थाको ब्रिफिङ गरेको र नेपाल राष्ट्र बैंकका गभर्नरले पनि अर्थतन्त्रको अवस्थाबारे ब्रिफिङ गरेको बताए  ।

मन्त्री महतले अहिले अर्थतन्त्र चलायमान हुन थालेको बताए  । रेमिटेन्स बढेको, पर्यटक बढ्दै गएको, र सोधनान्तर स्थिति पनि उत्कृष्ट रहेको बताए  । उनले कसरि ऋण प्रवाह बढाउँन सकिन्छ , कसरि रोजगारी वृद्धि गर्न सकिन्छ, कसरि अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिन्छ भन्ने बारे छलफल भएको बताए  । ब्याजदरको विषयमा पनि छलफल भएको उनले उल्लेख गरे । 

उनले सहकारीमा नियमनको आभावमा  समस्यादेखिएकोबारे पनि छलफल भएको बताए  । उनले लघुवित्तका समस्याबारे पनि छलफल भएको जानकारी दिए  ।  ऋण नलिने भन्ने आन्दोलनबारे पनि छलफल भएको र लिएको ऋण तिर्ने पर्ने उनले बताए  । उनले ऋण तिर्नको लागि सकारी थप समय दिन सकिन्छ, कसरी सहज पार्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए । राज्यको स्रोत साधनले सहजीकरण गार्णको लागि कतिसम्म भ्याउछ भन्नेबारे समिक्षा गरिएको उनले जानकारी दिए  । 

अर्थतन्त्र संकुचनमा रहेको बेला प्रधानमन्त्रीले नै नेतृत्व लिएर सुधारका कदम चाल्नुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज पहिलो चरणको छलफल राखेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले गत साताको आइतबार  अर्थतन्त्र सुधारका लागि ठोस प्याकेज ल्याउने घोषणा गरेका थिए। अर्थतन्त्र सुधार्न मङ्सिर ४ गते बृहत् बैठक बोलाएको र त्यस बैठकले अर्थतन्त्र सुधारको लागि बृहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले बताएका थिए। गत साताको आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका थिए । उनले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताएका थिए । मङ्सिर ४ को बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने र सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेउनले बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved