
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा ३१ ऋर्ब आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले दोस्रो त्रेमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत २१ अर्ब गरी जम्मा ३१ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षे नागरिक वचतपत्र र ५ वर्षे वैदेशिशक रोजगार बचतपत्र मार्फत उक्त रकम बराबर ऋण उठाउन लागेको हो ।
जसअन्तर्गत पहिलो त्रैमासमा ९७ अर्ब ३१ करोड उठिसकेको छ भने दोस्रो त्रैमासमा ३१ अर्ब ऋण उठाउने तालिका बनाएको छ । तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र चौथो त्रैैमासमा ६४ अर्ब ऋण उठाउने राष्ट्र बैंकको योजना रहेको छ ।
राष्ट्र बैंकले पहिलो त्रैमासमा ट्रेजरी बिल मार्फत ५ अर्ब र विकास ऋणपत्र मार्फत ९२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाईसकेको छ। त्यसैगरी, तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १५ अर्ब, विकास ऋणपत्र मार्फत ३२ अर्ब ६९ करोड गरी कुल ४७ अर्ब ६९ करोड ऋण उठाउन लागेको छ ।
यस्तै, चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५५ अर्ब, विकास ऋणपत्र मार्फत ३३ अर्ब, नागरिक बचतपत्र मार्फत ५ अर्ब र वैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब गरी कुल ६४ अर्ब रुपैयाँ आन्तरीक ऋण उठाउन लागेको जनाएको छ ।
राष्ट्र बैंकले २८, ९१, १८२ र ३६४ दिन म्याच्यूरीटि भएको ट्रेजरी बिल निष्काशन गर्ने गर्दछ । त्यसैगरी ५, ६ र ८ वर्षे विकास ऋणपत्र निष्काशन गर्ने उल्लेख गरेको छ । यसैगरी ५ वर्षे नागरिक र वैदेशिक रोजगार वचतपत्र जारी गर्ने गर्दछ ।