४ महिना नेपालको ब्यापार घाटा ४६१ अर्ब, आयात र निर्यात घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिना (साउन देखि कार्तिकसम्म) मा व्यापार घाटा सँगै आयात र निर्यात घटेको छ। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यो ४ महिनामा ब्यापार घाटा ३.३४ प्रतिशत, आयातमा ३.७९ प्रतिशत र निर्यातमा ७.६८ प्रतिशतले घटेको हो । 

यो अवधिमा विदेशबाट नेपालमा  कुल ५ खर्ब १२ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । यसैगरी ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा नेपालबाट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

गत आवको सोहि अवधिमा यस्तो आयात ५ खर्ब ३२ अर्ब ६९ करोड २३ लाख र निर्यात ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ रहेको विभागको तथ्यांकले देखाउँछ । 

यो ४ महिनामा नेपालले १४५ देशसँग ब्यापार गरेको छ । जसमध्ये अधिकांश देशसँग नेपालले घाटाको व्यापार गरेको तथ्यांकमा उल्लेख छ । ४ महिनामा नेपाललाई ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ ब्यापार घाटा भएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नेपालको ब्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved