४ महिनामा १९ करोडको तास आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा करिब १९ करोड रुपैयाँको तास आयात भएको छ । यो अवधिमा विभिन्न ४ मुलुकबाट १८ करोड ९८ लाख ४३ हजार रुपैयाँको तास आयात भएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार उक्त रकम बराबरको ६८ लाख ४४ हजार २८१ प्रति तास नेपाल आयात भएको हो । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । यो अवधिमा चिनबाट १७ कारोड १६ लाख ३९ हजार रुपैयाँ बराबरको ६१ लाख ४६ हजार ५८५ प्रति तास नेपाल भित्रिएको छ । 

यसैगरी, भारतबाट १ करोड ८२ लाख २ हजार रुपैयाँको ६ लाख ९७ हजार रुपैयाँको तास भित्रिएको हो । बेलायतबाट ७ र हङकङबाट १ पिस तास भित्रिएको तथ्यांकले देखाउँछ । 

यसरी विदेशबाट नेपालमा तास आयात हुँदा ११ करोड ४६ लाख ७७ हजार रुपैयाँ राजस्व उठेको छ । 

उसो त नेपालबाट पनि विदेशमा तास निर्यात भएको छ । नेपालले अस्ट्रेलिया र बेलायतमा तास निर्यात गरेको छ । अस्ट्रेलियालाई २ हजार रुपैयाँको १२ प्रति र बेलायतलाई २४ प्रति एक लाख ९८ हजार रुपैयाँको तास नेपालले निर्यात गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved