'अर्थतन्त्रलाई चलायमान बनाउन भएकै संरचना भत्काएर भएपनि विकास शिर्षकमा खर्च गरौँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 09:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि भएकै संरचना भत्काएर भएपनि विकास शिर्षकमा खर्च गर्नलाई सुझाव दिएका छन्। वित्त नीतिमात्रै नभई विकास शिर्षकमा खर्च नभएकाले व्यवसायिक माहोल बन्न नसकेको सन्दर्भमा डेपुटी गभर्नर मिश्रले यस्तो सुझाव दिएका हुन्। 

पूर्वाधार निर्माणको क्षेत्रमा खर्च बढाउन सके अर्थतन्त्र चलायमान हुन सक्ने बताउदै मिश्रले कम्तिमा पनि भएकै संरचना भत्काएर पुन त्यसको निर्माण गर्ने नाममा भएपनि विकास खर्च गर्नलाई सरकारले जोड दिनुपर्ने उनको आशय थियो। 

सरकारले पुँजीगत खर्च अर्थात विकास शिर्षकमा खर्च गर्न सकेको अवस्थामा मात्रै अर्थतन्त्र चलायमान हुन नसक्ने बताउदै मिश्रले सरकारले पूर्वाधारका क्षेत्रमा खर्च बढाउनुपर्ने बताएका हुन्। उनकाअनुसार सरकारले अहिले पनि विकास शिर्षकमा खर्च बढाउन नसक्दा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्माण क्षेत्र झन्डै ४० प्रतिशतको क्षमतामा चल्न बाध्य भएको छ। 

"अहिले पनि सिमेन्ट डण्डी स्टिल जस्ता निर्माण क्षेत्रका उद्योगहरु ३५-४० प्रतिशतको क्षमतामा चलिरहेका छन्" डेपुटी गभर्नर मिश्रले भने, "सरकारले विकास तथा पूर्वाधारको शिर्षकमा खर्च गर्न सकेको अवस्थामा निर्माण क्षेत्रको माग बढ्न गई यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउनलाई ठुलो सहयोग गर्छ।"

नेपाल सरकारले पुँजीगत खर्च गर्नलाई जोड दिनुपर्ने बताउदै डेपुटी गभर्नर मिश्रले नेपाल राष्ट्र बैकले मात्रै चाहेर अहिलेको अर्थतन्त्र चलायमान नहुने बताए। नेपाल सरकारले पनि आफ्नो विकास खर्च बढाउनुपर्ने उनले बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved