विद्यार्थी विदेश जाँदा ४ महिनामा ३८ अर्ब ४४ करोड बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 01:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ४ महिना(साउन देखि कार्तिकसम्म) अध्ययनका लागि नेपाली विद्ययार्थी विदेश जाँदा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा झण्डै दोब्बर हो । गत आर्थिक वर्षको ४ महिनामा अध्ययनका लागि २२ अर्ब ६१ करोड बाहिरिएको थियो । 

यो ४ महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले वृद्धि भई रु.६१ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.३७ अर्ब ५४ करोड रहेको थियो । 

यो ४ महिनामा खुद सेवा आय रु.२८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२६ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७.२ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१७ अर्ब ४९ करोड रहेको थियो ।  समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले वृद्धि भई रु.६१ अर्ब ९२ करोड पुगेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved