पौष महिनामा बढ्यो महँगी , सबैभन्दा धेरै तराईमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 04:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पौष महिनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' प्रतिवेदनले मङ्सिर महिनाको तुलनामा पौष महिनामा महँगी बढेको देखिएको हो। 

उक्त प्रतिवेदन अनुसार गत मङ्सिर महिनामा समग्र मुद्रास्फीति ४.९५ प्रतिशत थियो। तर, पौष महिनामा यस्तो मुद्रास्फीति ०.३१ प्रशित बिन्दुले बढेको देखिन्छ। पौष महिनामा मुद्रास्फीति ५.२६ प्रतिशत पुगेको छ। 

यसैगरी, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ०.६६ प्रतिशत बिन्दु र गैर खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ०.१ प्रतिशत बिन्दुले बढेको राष्ट्र बैंकको रिपोर्टले देखाउँछ । खाद्य तथा पेय पदार्थमा मङ्सिर महिनामा ५.१० प्रतिशत मुद्रास्फीति थियो, जुन पौष महिनामा बढेर ५.७७ प्रतिशत पुगेको छ । 

यसैगरी, गैर खाद्य तथा सेवा क्षेत्रमा मङ्सिर महिनामा ४.८४ प्रतिशत मुद्रास्फीति थियो । यो बढेर पौष महिनामा ४.८५ प्रतिशत पुगेको छ । 

यसैगरी, पौष महिना काठमाडौँ उपत्यका र तराईमा पनि महँगी बढेको देखिन्छ । काठमाडौँ उपत्यकामा ०.३४ प्रतिशत बिन्दुले महँगी बढेको छ । मङ्सिर महिनामा उपत्यकामा ५.४२ प्रतिशत रहेको महँगी पौष महिनामा बढेर ५.७६ प्रतिशतमा पुगेको छ । 

यसैगरी तराई क्षेत्रमा ०.५२ प्रतिशत बिन्दुले महँगी बढेको छ । मङ्सिरमा तराइ क्षेत्रमा ४.२६ प्रतिशत महँगी थियो । सो बिन्दु बढेर पौष महिनामा ४.७८ प्रतिशत पुगेको राष्ट्र बैंकको रिपोर्टले देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved