७ महिनामा १४ हजार लिटर नेल पोलिश र १ लाख किलो लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 05:43:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म नेपालले ३ करोड ४६ लाख ३५ हजार रुपैयाँ बराबरको १४ हजार ८सय ५० लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार कुल आयात मध्ये ९ हजार ६ सय ४८ लिटर चीनबाट आयात भएको छ । भारतबाट ३ हजार ८ सय ३८ लिटर आयात भएको छ ।  साथै, कुल आयात मध्य ताइवानबाट ४ लिटर आयात भएको छ । टर्कीबाट १ हजार ३ सय ५७ लिटर आयात भएको छ ।  

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्त सम्म ५६ करोड ७८ लाख ३० हजार रुपैँयाको ११ लाख ७७ हजार १ सय लिटर नुहाउने स्याम्पु आयात भएको छ । विभागको तथ्याङ्क अनुसार भारत लगाएत ३६ वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म ४१ करोड १७ लाख ८७ हजार रुपैँयाको १ लाख २२ हजार ४ सय ५४ केजी लिपस्टिक नेपालमा आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार चीन लगायत ३० ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ । सबैभन्दा धेरै लिपस्टिक चीनबाट नै आयात आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved