१५ महिनाको वस्तु आयात धान्न पुग्ने गरि बढ्यो विदेशी मुद्राको सञ्चिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 04:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्म १८७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको जनाएको छ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० फागुन मसान्तमा आउँदा २१.७ प्रतिशतले वृद्धि भई रु.१८७२ अर्ब ८२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६४४ अर्ब ६ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग २२८ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । 

२०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

माघ मसान्तसम्म १८४४ अर्ब ९४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved