कृषिमा आश्रित जनसंख्यालाई १० प्रतिशतमा झार्नुपर्छः डा. बाबुराम भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 02:17:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाल ६० प्रतिशत जनसंख्या कृषिमा रहेकाले यसलाई कमसेकम १० प्रतिशत भन्दा तल झानुपर्ने बताएका छन् । कृषिमा आश्रित जनसंख्याको ठूलो हिस्सलाई यहीँ रुपमा राखेर देश विकास नहुने भन्दै डा. भट्टराईले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्नुपेर्ने बताएका हुन् ।

‘६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आश्रित छ, यसलाई यहीँ रुपमा राखेर देश कहिल्यै विकास हुँदैन’ उनले भने, ‘कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३० देखिअ ४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०÷५५ प्रतिशतमा पुर्‍याउने भयो भने देश विकास हुने हो ।’

पूर्व प्रधानमन्त्री भट्टराईले यसका लागि स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिने पनि बताएका छन् । 

‘यसका लागि मेरो सुरुदेखिको प्रस्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाऔँ, त्यस मातहत बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्न सकिन्छ भन्ने हिसाबका आधारमा अघि बढौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved