‘गृहमन्त्री र मलाई उद्यमी व्यवसायी नतर्साउनु भन्ने निर्देशन छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 05:29:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई त्रसित बनाएर लगानीको वतावरण नबन्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जारी ५८औं वार्षिक साधारणसभाका अवसरमा आयोजित अन्तरक्रियामा मन्त्री पुनले ढुक्कसँग उद्यम व्यवसाय गर्न लगानीकर्तालाई आग्रह गरे । 

उनले उद्योगी व्यवसायीलाई तर्साउने, धम्क्याउने जस्ता क्रियाकलाप वर्तमान सरकारबाट नहुने भन्दै उद्योगी व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरे । मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई तर्साएर प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको अर्थमन्त्री पुनको भनाइ छ । 

मन्त्री पुनले राज्यलाई हानी गरेर कसैले गल्ती गरेको छ भने उमाथि छानबिन गरी तथ्यका आधारमा कारबाही गरिने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै धक्का पुग्ने काम नगर्न पनि अनुसन्धान अधिकारीलाई आग्रह गरे । उनले कुनै पेशा र व्यवसायमा संलग्न कोही एक व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि नै आरोपित गर्ने प्रवृत्तिले कसैको पनि राम्रो नगर्ने बताए । 

मन्त्री पनुले अनुसन्धानका नाममा उद्यमी व्यवसायीमाथि धरपकड नगरि विवेक प्रयोग गरेर मात्र अनुसन्धान गरिने भन्दै जो कोही पनि सामाजिक मर्यादाको सम्मान गरिने प्रतिवद्धता जनाए । उनले राज्यलाई कर तिरेर नाफा कमाउन पाउने व्यवसायीको अधिकार सुरक्षित रहेको समेत प्रष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved