सीआईबीले थाल्यो नर्सिङ परीक्षाको प्रश्नपत्र 'लिक' गर्ने गिरोहमाथि अनुसन्धान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 12:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षाको प्रश्नपत्र 'लिक' गर्ने गिरोहमाथि अनुसन्धान थालेको छ। नर्सिङ परिषद्को उजुरीको आधारमा व्यूरोले अनुसन्धान थालेको हो। 

यही असार २३ गते शनिबार बिहान ९ बजे भएको परीक्षाको प्रश्नपत्र लिक गरिएको घटनाबारे थप अनुसन्धानका लागि सीआईबीमा उजुरी दिइएको परिषद् अध्यक्ष प्राध्यापक सरला केसीले बताइन्। 

उनकाअनुसार सीआइबीको अनुसन्धान पश्चात आउने नतिजाको आधारमा परिषद्ले निर्णय लिनेछ। प्रश्नपत्र लिक भएपछि परिषद्ले ३३औँ नाम दर्ता परीक्षाको नतिजा स्थगित गरेको छ। परिषद्ले ६००० जना नर्सका लागि ३३औँ दर्ता परीक्षा लिएको थियो। 

प्रश्नपत्र लिक गराएको आरोपमा आइतबार नै पक्राउ परेका परीक्षार्थीहरु र अन्य तीन जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। हिरासतमा राखिएका परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा र भावना गुरुङ तथा धादिङकी २३ वर्षीया सविना आले छिन् ।

नतिजा ढिला हुँदा अन्य परीक्षार्थी असन्तुष्ट 

परीक्षाको प्रश्नपत्र लिक भएपछि परिषद्को नतिजा स्थगित गर्ने निर्णयप्रति अन्य परीक्षार्थीहरुले असन्तुष्टि जनाएका छन्। परीक्षापत्रको प्रश्न लिक गर्न र गराउनमा हात हुनेहरुलाई छानबिन गरेर कडा कारबाही गर्नुपर्ने अभिव्यक्ति दिँदै उनीहरुले अपराध गर्ने परीक्षार्थीका कारण सबैलाई दुख दिन नहुने उनीहरुको तर्क छ ।

प्रश्नपत्र लिक गराएको आरोपमा सामान्य सोधपुछ मात्र गरेर छाडिएका व्यक्तिको प्रश्नपत्र लिक गर्ने गराउने पोखराको एउटा इन्स्टिच्युटको हात भएकाले त्यो प्रश्नपत्र लिक भएको केन्द्रको मात्र नतिजा स्थगित गर्नुपर्नेसमेत उनीहरुको माग छ। परिषद्ले आइतबार २३ गतेका दिन चारवटा परीक्षाकेन्द्रबाट परीक्षा लिएको थियो। चारमध्ये  बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूट परीक्षाकेन्द्रबाट प्रश्नपत्र लिक गरिएको थियो।

- प्रश्नपत्र लिक भएपछि नर्सिङको नतिजा स्थगित, ३ जना पक्राउ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved