चुनाव लड्न योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 02:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रतिनिधिसभाको चुनाव लड्न राजिनामा दिएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ बाट चुनाव लड्न लागेका हुन् । डा. पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिएको बताएका छन् । टिकट पाउने निश्चित भएपछि उनले  उनले दशैँ अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । 

 शेर बहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनले १२ साउन २०७८ मा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।  

डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । हाल सो क्षेत्रमा डा. वाग्लेको पनि दाबी रहेकोमा पौडेलले टिकट पाएका हुन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved