सकियो प्रत्यक्षतर्फको मनोनयन दर्ता: हालसम्म २१२८ जनाको उम्मेदवारी, पूर्ण विवरण आउँन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 07:54:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगले  सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा मनोनयाँ दर्ता सम्पन्न भएको जनाएको छ ।

आयोगका अन्सुअर बिहान १० बजेबाट सुरु भएर अपरान्ह ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको छ।कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर १९३७ पुरुष र १९१ महिला गरी कुल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सोमध्ये प्रदेश नं. १ मा ४४५ पुरुष,४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ ।

दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved