चुनावका दिन सवारी चलाउन क–कसले पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2022 | 07:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर ४ गते निर्वाचनका दिन अत्यावश्यकीय सेवाका सवारी साधन चलाउन पाइने भएको छ ।

निर्वाचन आयोगले एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, दूध ढुवानीका गाडी, फोहोरमैला ओसारपसार गर्ने गाडी चलाउन दिइने जनाएको छ ।

सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी चलाउन दिइने छ । 

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको सवारी साधन पनि रोकिने छैन । 

यसरी आयोगले सञ्चालन अनुमति दिएका सवारीमा मतदाता ओसारपसार गर्न भने पाइने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved