काभ्रे २ मा ५८६३ मतान्तरले गोकुल बास्कोटा विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 12:42:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन् । उनी ४५ हजार ३ सय ४५ मत सहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाईंले ३९ हजार ५ सय ८२ मत पाएका छन् । यस हिसाबमा बास्कोटाले ५८६३ मतान्तरले विजयी भएका हुन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १० हजार ३ सय ८६ मत पाएका छन् ।  २०७४ मा बास्कोटा १८७५३ मतान्तरले विजयी भएका थिए ।  

काभ्रे क्षेत्र नम्बर १ मा पनि एमाले कै उम्मेदवारले अग्रता लिईरहेका छन् । हालसम्मको गणनामा एमालेका रेशम लामाले १८०२२ मत पाएका छन् भने गठबन्धनका सूर्यमान दोङले १६२०० मत पाएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved