दुबईमा सवारी दुर्घटनामा परि ६ नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 06:39:34 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड अरब इमिरेट्स (युएई) मा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । दुबईमा भएको दुर्घटनामा परि १ जना भारतीय र १ जना पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको नेपाली दूतावासले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved