कानूनको फाइदा उठाउँदै २ अर्बको सुन तस्करी, अनाहकमा फसे रोजगारीबाट फर्किएका श्रमिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 09:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करको एक समूहले कानूनी छिद्र टेकेर मजदुरमार्फत सुन तस्करी गरेको फेला परेको छ । नेपालमा ५० ग्रामसम्म सुन ल्याउन पाउने वैधानिक बाटो समाउँदै मजदुरलाई दुरुपयोग गरेर यसरी ठूलो परिमाणमा सुन तस्करी भएको तथ्य सार्वजनिक भएको हो । रोजगारीबाट फर्कने मजदुरसँग सम्पर्क गरी त्यस्ता गिरोहले उनीहरुमार्फत ५०/५० ग्रामका दरले सुनका गहना पठाएर तस्करी गरेको पाइएको छ । 

महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्रामसम्म सुनका गहना ल्याउन पाइने कानूनी प्रावधान छ । त्यो बाहेक २०० ग्रामसम्म सुनका गहना भन्सार विन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । यही व्यवस्थामा टेकेर गिरोहले मजदुरलाई प्रयोग गरी सुन तस्करी गरेका छन् । त्यसरी सुन पठाउने विदेशमा एजेन्ट सक्रिय हुने गरेको र नेपालमा पनि त्यस्तै समूह सक्रिय भएको फेला परेको छ । तस्करीमा संलग्न रहेकासहित लोभमा फसाइएका मजदुर गरी १२ जनालाई प्रहरीले समातेर अनुसन्धान थालेको छ । 

अहिलेसम्मको अनुसन्धानमा वैदेशिक रोजगारीमा गएका मजदुरमार्फत झण्डै साँढे २ अर्ब बराबरको सुन तस्करी भएको तथ्य बाहिरिएको छ । उक्त तस्करीमा संलग्न रहेको आरोपमा काठमाडौँको बागबजारका एक सुन पसले समेत देखिएका छन् ।

गैरकानुनी रूपमा भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिद बिक्रीको कारोबार गरिरहेका छन् भन्ने सूचाना प्रहरीमा आएको थियो । सोही सूचनाका आधारमा निगरानी गर्दा उक्त तथ्य फेला पारी उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्हरी उपरीक्षक मिलन केसीले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुमाथि थप कारबाही अघि बढाएको छ । 

उक्त तस्करीको समूहले आइतबार असार २४ गते नेपाल एयरलाइन्सबाट कतार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाँैमा आउन लागेका नरेश पञ्जियार, दिनेशकुमार यादव, भुमबहादुर ओली, सुनिलकुमार महरा, सन्त गुलाम मुरावलगायतमार्फत भन्सार छली गरी सुन पठाएका थिए । 

उनीहरुबाट सुन रिसिव गर्न आए विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवनन्दन साह। उनीहरु विमानस्थल आगमन कक्षतर्फको पार्किङ स्थलबाटै  पक्राउ परे । 

 त्यसमध्येकी सञ्जुकुमारी साहले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाडाँैको बागबजारमा रहेको निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्समा लगी बिक्री गर्ने गरेको तथ्य खुलाइन् । त्यसपछि उक्त ज्वेलर्सका सञ्चालक निमाई साह पनि पक्राउ परिन् । उक्त सुर्पना ज्वेलर्सबाट त्यसरी ल्याइएको ५४२ ग्राम सुन फेला परेको छ । साथै उक्त कार्यमा सलंग्नता खुलेपछि शिवसुन्दर राउत र मोहनकुमार यादवलाई समेत नियन्त्राणमा लिइएको छ।  

 प्र्रहरीका अनुसार नेपाल पुग्दा होटलमा खान बस्न फ्रि, घर जाने बेलामा मेरो मान्छेले पाँच हजार दिन्छ, सो बापत तिमीहरूले ५० ग्राम सुन बीलसहित लिएर जाउ, उक्त सुन कानुन बमोजिम लैजान पाईन्छ, काठमाडौँको एयरपोर्टमा पुगेपछि मेरो मान्छेले रिसिभ गरेर होटलमा लैजान्छ, भनी प्रलोभनमा पारी फर्कने समयमा दैनिक १५,२० जनामार्फत ५० ग्रामका दरले सुन पठाउने गरेको खुलेको छ । 

अहिलेसम्म उनीहरुले यसरी साँढे २ अर्ब ३५ करोड बढीको सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । 

विनोद कुमार साहले रितेश जनरल स्टोर्सका संचालक शिव सुन्दर राउतको नाममा रहेका विभिन्न बैंकहरूमा रहेका खातामा जम्मा १ करोड ६७ लाख ९० हजार, सञ्जुकुमारी साहले रितेश जेनेरल स्टोर्सको नाममा रहेको विभिन्न बैंक खाताहरूमा जम्मा २ अर्ब, मोहनकुमार यादवले रितेश जेनेरल स्टोर्सको नाममा रहेका विभिन्न बैंक खाताहरूमा ५ अर्ब १६ करोड तथा शिव सुन्दर राउतले मोहन कुमार यादवको नाममा रहेका विभिन्न बैंक खाताहरूमा जम्मा रू.१४ करोड ३९ लाख रकम पठाएको देखिएको छ । 

शिव सुन्दर राउतले सञ्चालन गरेको रितेश जेनेरल स्टोर्सको कुल कारोबार १ अर्ब ९६ करोड, शिव सुन्दर राउतको कुल कारोबार रकम १२ करोड र विनोदकुमार साहको कुल कारोबार ४१ करोड कारोबार भएको देखिएको छ । उनीहरु सबै धनुषा, सिरहा, सर्लाही, सप्तरी, कपिलवस्तु निवासी रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved