चलचित्र 'जिस्म' अब भारतमा पनि प्रदर्शन हुने भएको छ । राजु गिरीद्धारा निर्देशन गरिएको यस हिन्दीमा पनि डबिंग गरिएको छ । नेपालका लगि हाइलाइट नेपाल र भारतको कम्पनी ए के क्रियशनबीच सम्झौता भइ उक्त चलचित्र भारतमा हिन्दीमा डबिंग गरेर प्रदर्शन गरिने बताइएको छ । भारतमा देखाइने चलचित्रको नाम भने ‘एक जान है हम’ रहने छ ।
भारतका नसिम खाँण ले उक्त चलचित्र भारतका विभिन्न हलहरुमा प्रदर्शन गर्न हाइलाइटस नेपालसंग सम्झौता गरेका छन । चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारको अभिनय रहेको छ ।