वाणिज्य विभागले बरामद गरेको ७० हजार किलो चिनी साल्ट ट्रेडिङले किन्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 03:58:51 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बरामद गरेको चिनी साल्ट ट्रेडिङलाई बिक्री गरेको छ। विभागले बरामद गरेको ७० हजार किलो चिनी साल्ट ट्रेडिङलाई बिक्री गरेको हो ।

प्रति किलो १०१ रुपैयाँको दरले विभागले उक्त चिनी साल्ट ट्रेडिङलाई बिक्री गरेको हो । अब उक्त चिनी साल्ट ट्रेडिङले सर्वसाधारणलाई बिक्री गर्ने छ ।

विभागले गत हप्ता विभिन्न गोदाममा लुकाएर राखेको चिनी बरामद गरेको थियो । जस मध्ये गुन्जेश्वरी ट्रेडमा बरामद भएको चिनी साल्ट ट्रेडिङलाई बिक्री गरिएको हो । उक्त गोदामलाई भने ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

७० हजार किलो चिनीले काठमाडौँवासीलाई केहि राहत हुने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved