दशैँमा मोबाइल खरिद गर्दा विदेश भ्रमणको अवसर, कुन कम्पनीको कस्तो छ अफर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 11:44:22 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल ब्राण्डहरुले दशैँ तथा तिहारको अवसर पारेर विभिन्न छुट अफरहरु घोषणा गरेका छन्। विभिन्न फोन उत्पादक कम्पनीहरुले दशैं, तिहार लगायतका पर्व लक्षित गरी ग्राहक तान्न अफर तथा छुटको घोषणा गरेका छन्।

मोबाइल फोन उत्पादक कम्पनीहरुले नगद छुट, स्क्रयाच कुपन मार्फत आर्कषक उपहार, शतप्रतिशत नगद छुट, स्कुटर ताथ बाइक जित्नेदेखि विदेश भ्रमणको अफर समेत समावेश गरेका छन् ।

अनर

अनरले दसैंका अवसरमा “अनरको बहार, चाडपर्वमा उपहारै उपहार’ नामक अभियानअन्तर्गत हरेक स्मार्टफोनको खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अफर ल्याएको छ । कम्पनीले दैनिक उपहारअन्तर्गत ग्राहकले पाँच हजार ९९० रुपैयाँ पर्ने अनर एयरबड्स एक्स ५ वा ६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सिक्स जित्न सक्ने बताएको छ ।

यस्तै, दोस्रो मेगा गिफ्टअन्तर्गत अनर ब्रान्डको स्मार्टफोन खरिदमा ४३” स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्न सकिने कम्पनीले जनाएको छ ।

तेस्रो अफरमा अनर ब्रान्डको स्मार्टफोन खरिद गर्ने व्यक्तिले ल्यापटप वा थाइल्याण्ड टूर जित्ने मौका पाउन सक्ने कम्पनीको भनाइ छ ।

सबैभन्दा विशेष उपहारका रुपमा कम्पनीले एक विजेताले भेस्पा स्कुटर जित्न सक्ने बताएको छ । दैनिक विजेता र अन्य विजेताको घोषणा अनरका आधिकारी फेसबुक पेज र इन्स्टाग्राम पेजबाट हुने कम्पनीले जनाएको छ ।

यो अफर योजनामा सहभागी हुन अनर ब्रान्डको स्मार्टफोन खरिद गर्नुपर्नेछ । त्यसपछि अनर स्पेस फोनको आईएमईआई नम्बर टाइप गरी ३५००१ मा पठाउनु पर्नेछ । यो अफर असोज १४ गतेदेखि कार्तिक ३ गतेको अवधिभर लागु हुने कम्पनीले जनाएको छ ।

भिभो

भिभोले आउदै गरेको दशैं तिहारलाई विशेष बनाउन “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार”नामक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी २९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्नेछन् । 

यसका साथै भिभोले तीन जना भाग्यशाली विजेताका लागि बाई–वन–गेट–वन अफर पनि ल्याएको छ । जसअनुसार ६०० देखि १००० ग्राहकले ब्लुटुथ स्पिकर, ३,००० देखि ५,००० ग्राहकले भिभोको स्टाइलिस ब्याग, ५०००– ८००० ग्राहकले भिभोको बोतल तथा १०,००० – १५,००० ग्राहकले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १८ देखि मंसिर ५ सम्म मात्र लागु हुने छ । 

सामसुङ

सामसुङले आउदै गरेको दशैं तिहारलाई विशेष बनाउन ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ नामक अफर ल्याएको छ । योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने हरेक दिन टिभिएस एनटर्क १२५ सिसी जित्ने मौका पाउने छन् । योजना अवधिभरमा जम्मा २५ जना विजेताको नाम सार्वजनिक गरिने र योजना असोज ५ गते देखि सुरु भएको हो र कात्तिक ३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । 

शाओमी

शाओमीले दशैं तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘चाडपर्वको मुड, अफर टु गुड’ नामक चाडपर्वको अफर ल्याएको छ । उक्त अफरमा अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको छुटको अफर रहेको छ ।

शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गते सम्म लागु हुनेछ । यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ ।

ओपो

ओपोले दशैं,तिहार र छट पर्वलाई अझै उत्साहपूर्ण बनाउन दशैं धमाका अफर ल्याएको छ । उक्त अफरमा १ जना भाग्यशाली विजेताले अजरबैजानको सुन्दर बाकु सहरको भ्रमण जित्ने मौका पाउँने छन् ।

साथै अन्यले ओपो F21 pro , ओपो A78, ओपो इन्सोW51,ओपो फिट बान्ड, घर फर्कन टिकट खर्च र ओपो ओली जित्न सक्नेछन् । यो अभियान असोज २ गते देखि सुरु भई मंसिर २ गते समापन हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved