२८ गते काठमाडौँ आईपुग्दैछन् ३ हजार वटा खसीबोका र च्याङ्ग्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 06:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न स्थानबाट खरिद गरेका  खसीबोका र च्याङ्ग्राहरु घटस्थापना अर्थात असोज २८ गते काठमाडौँ आईपुग्ने भएको छ । कम्पनीले तीन हजार वटा खसीबोका र च्याङ्ग्राहरु काठमाडौं ल्याउन लागेको हो । 

दुई हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा असोज २८ गते काठमाडौं आई पुग्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्योपाने सुवेदीले जानकारी दिईन् ।  उनका अनुसार हेटौडाबाट ७ देखि ८ सय वटा खसीबोका, तुलसीपुरबाट ७ देखि ८ सयवटा र धादिङको एक सहकारीबाट ३ देखि ४ सयको हाराहारीमा खसीबोका ल्याउने तयारी भएको छ । त्यसैगरी, रसुवाबाट एक हजार वटा च्याङ्ग्रा काठमाडौं ल्याइने उनले बताईन् । 

खसीबोका ताथा च्याङ्ग्राको मूल्य भने काठमाडौं ल्याएपछि लागतको आधारमा तय गर्ने खाद्यले जनाएको छ । तर, खाद्यले कुनै नाफा कमाउने उदेश्यले मूल्य नतोक्ने प्रष्ट पारेको छ । असोज २८ गते काठमाडौंमा ल्याइसकेको खण्डमा २९ गतेबाट बिक्री वितरण सुरु गर्ने उनको भनाई छ। कृषक तथा व्यवसायीसँग खसीबोका खरिद गरेपछि गाडीमार्फत ढुवानी गरेर काठमाडौं ल्याउने गरेको पनि उनले जानकारी दिईन् । 

उनका अनुसार गत वर्ष कम्पनीले १६ सय १५ वटा खसीबोका तथ च्याङ्ग्रा बिक्री वितरण गरेको थियो । १६ सय २५ वटा ल्याएकोमा १० वटा खसीबोका तथ च्याङ्ग्रा भने ल्याउने क्रममा मरेका थिए । पोहोर १६२ वटा च्याङ्ग्रा र १४ सय ५३ खसीबोका बिक्री भएका थिए। गत वर्ष कम्पनीले च्याङ्ग्राको मूल्य प्रति केजी १२ साय ६० र खसीबोकाको मूल्य प्रति केजी ६ सय ८० रपैयाँका दरले तोकेको थियो । 

बाहिरबाट ल्याएर काठमाडौंमा राख्दा खसीबोका तथ च्याङ्ग्राहरुका लागि गोदावरीबाट घाँस–पात ल्याएर ख्वाउने गरेको उनले बताईन । यसपटक पनि गोदावरीको एउटा वन कार्यलयसँग सम्झौता भइसकेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved