डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेताले जिते १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 11:22:29 AM मा प्रकाशित

laxmi  sunrise bank

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु एक लाख हस्तान्तरण गरेको हो । वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद रु १ लाख जितेका हुन् । 

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved