समृद्धि फाइनान्स नयाँ निक्षेप योजना: ७१ महिनामा पैसा दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 01:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले समृद्धि बचत धमाकाको योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहकहरुले आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोब्बर , ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणा सम्म बढाउन सक्ने कम्पनीले जनाएको छ।

साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोबर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको जनाएको छ । कम्पनीले बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा १२.५० प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved