१४ वर्षपछि रिलायन्स फाइनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 08:24:12 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स आफ्नै भवनमा सरेको छ। फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले काठमाडौँ महानगरपालिका-१ कमलादीमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

२०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबारको अनुमति पाएको फाइनान्सले २०६६ मंसिर १८ बाट कारोबार सुरु गरेको थियो। प्रदर्शनीमार्गमा कार्यालय राखेको संस्थाले १४ वर्षपछि आफ्नै नाममा कार्यालय खडा गरेको हो।

फाइनान्सले २१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ। काठमाडौँ उपत्यकामा न्यूरोड, सितापाईला, ईमाडोल शाखाबाट सेवा दिँदै आएको छ। यस्तै उपत्यका बाहिर नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा विस्तार गरेको छ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ईसेवा, एससीटी नेटवर्कको एटीएम, विभिन्न रेमिटेन्स सेवाहरु, सी-आस्वा, आईपीएस, कनेक्ट आइपीएस सेवा, एबीबीएस सेवा, ईसीसी, एसएमएस बैँकिङ, मोबाइल बैंकिङ, एससीटी मोकोसमेतका सेवा प्रदान गर्दे आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved