पोखरा फाइनान्सका अध्यक्ष गुरूङले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 10:29:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन ।

शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रवि चन्द गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

सो अवसरमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाइ ग्राहकको रोजाइको फाइनान्स बनाउने र शेयरधनीलाइ उच्च प्रतिफल दिन प्रतिवद्ध रहने बिचार व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले शपथ ग्रहण कार्यक्रममा मन्तब्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे। साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पुर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने बताए ।







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved