फोर्स मोटर्सको गाडी किन्दा रिलायन्स फाइनान्सबाट ७० प्रतिशतसम्म कर्जा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 11:02:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ । 

आयामका तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ  र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटलका देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । 

फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन । साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ ।

कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा  फ्री लगायतका आपÞmरहरु सार्वजनिक गरेकोे छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved