बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 06:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । फाइनान्सले अश्विन २५ गते बिहिबारदेखि स्तरोन्नति सहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।

 देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ कारोवार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप बित्तिय सेवाहरु सहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको बेष्ट फाइनान्स कम्पनीले जनाएको छ । 

बैंकका अनुसार यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन् । साथै भिडियो केवाईसी मार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोवार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावद्यिक नभएका विद्यमान ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको फाइनान्सले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved