गोर्खाज बन्यो भिसा डेविट कार्डको सुरुवात गर्ने पहिलो फाइनान्स कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 01:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाईनान्स लिमिटेड २९ औ वर्ष पुरा गरि ३० औ वर्षमा प्रवेश गरेको हो । २९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले भिसा डेविट कार्ड संचालनमा ल्याएको छ ।

 संस्थाका अध्यक्ष डेकिन्द्र कुमार राईले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा Visa Debit कार्डको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा गोर्खाज ग्रुपका अध्यक्ष पुरन्जन राई, उपाअध्यक्ष द्वय यादव चन्द्र राई तथा टिकाराम सुनुवार, संचालक कर्ण बहादुर राई तथा कल्पना खापुङ लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

यस संगै गोर्खाज फाइनान्स Visa Debit कार्ड सुरुवात गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । गोर्खाज फाइनान्सको अब Visa कार्ड मार्फत ग्राहकहरुले Visa ATM बुध वाट सजिलै कारोवार गर्न सक्ने कम्पनीले जनाएको छ । फाइनान्सका अनुसार हालसम्म गोर्खाज फाइनान्सको एटिएम सुविधा लिने करिव ६५०० जना ग्राहकहरु रहेका छन् ।

 वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणनगढ शाखाले २०८० कार्तिक २४ गते देखि लकर सेवा पनि संचालनमा ल्याएको छ । वार्षिकोत्सवको अवसर पारेर संस्थाले रक्तदान कार्यक्रम गरेकोले रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी लगायतका ४३ जना रक्तादाताहरुले रक्तदान गरेको कम्पनीले जानेको छ।

फाइनान्सको हाल सम्म सातै प्रदेशमा २६ वटा शाखा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved