वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम र निशुल्क आँखा शिविर गर्दै रिलायन्स फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 11:35:56 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्ने भएको छ । कम्पनीले यहि मंसिर १८ गते (सोमबार) उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । 

कम्पनीका अनुसार उक्त कार्यक्रम रिलायन्स फाइनान्सको आफ्नै भवन कमलादी काठमाडौँमा सञ्चालन हुने छ । कार्यक्रम विहान ११ देखि दिउँसो २ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि कम्पनीले सम्पूर्णलाई अनुरोध पनि गरेको छ ।

त्यस्तै फाइनान्सले  वार्षिकोत्सवको उपलक्ष्यमा दृष्टि आइ केयरको सहकार्यमा निःशुल्क आखा,नाक,कान र घाँटी जाच्ने शिविर पनि आयोजना गर्ने भएको छ ।  उक्त कार्यक्रम यहि मंसिर १८ गते विहान १० देखि बेलुका ३ बजेसम्म सञ्चालन हुने छ । कार्यक्रम सीतापाईला नागार्जुन नगरपालिका स्थिति रिलायन्स फाइनान्सको शाखाको दोस्रो तल्लामा हुने छ। 

फाइनान्सका अन्सुअर यस शिविरका सेवाभित्र निःशुल्क आखाको औषधि र आखा कमजोर भएर पढ्न गाह्रो भएकाहरुलाई पढ्नको लागि निःशुल्क चस्मा उपलब्ध हुने छ। त्यस्तै, निःशुल्क मोतिबिन्दु छनौट र अस्पताल रेफर गरिएकालाई निःशुल्क ओडीपी गरिने छ । शिविरका सेवाभित्र सहुलियत दरमा सल्यक्रिया पनि उपलब्ध छ । शिविरको फाइदा उठाउनको लागि आफ्नो नाम र नम्बर दर्ता गर्नुपर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved