फाईनान्स कम्पनीमध्ये नाफामा मन्जुश्री र गोर्खार्ज अगाडी, ५ वटा घाटामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 12:49:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा फाईनान्स कम्पनीहरुले ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म १२ वटा फाईनान्सले ५६ करोड खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार यो अवधिमा ५ वटा फाईनान्स कम्पनीले भने घाटा व्यहोरेका छन् । धेरै नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा मन्जुश्री फाईनान्स रहेको छ । जसले पछिल्लो ८ महिनामा १६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, गोर्खाज फाईनान्सले १३ करोड ५७ लाख खुद नाफा आर्जन गर्दा आईसीएफसीले र गुडवील फाईनान्सले क्रमशः ८ करोड ४६ लाख र ३ करोड ३ लाख रुपैयाँ आर्जन गरेका छन् । 

यता, सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाईनान्सको रहेको छ । प्रोग्रेसिभको खुद घाटा ११ करोड घाटा लागेको छ । त्यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको खुद घाटा ५ करोड ९१ लाख र समृद्धि फाईनान्सको खुद घाटा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

कुन फाईनान्सको नाफा घाटा कति ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved