ज्योति विकास बैंकको सीईओ मनोज ज्ञवालीको बुझाईमा जीवन बीमा !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 25, 2019 | 12:16:04 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा साक्षरता प्रतिशत ७० प्रतिशत पुगेको एक तथ्यांकले देखाएको छ। त्यसमा पनि वित्तीय साक्षरता प्रतिशत मात्रै १८ प्रतिशत रहेको सरकारको दाबि छ। 

लेखपढ गर्न सक्ने, विषयगत ज्ञान हुने, उपलब्ध पुस्तक एवं पत्रपत्रिकासँग परिचित हुने, हाते सीप हुने, आजीवन अध्ययनरत हुने जस्ता गुण भएकालाई सामान्यतया साक्षर व्यक्ति भनिन्छ। दैनिक जीवनमा पैसा जरुरी पर्ने विभिन्न आवश्यकताहरुको उचित र मितव्ययी ढंगबाट व्यवस्थापन गर्ने सीप नै वित्तीय साक्षरता हो भनेर भन्ने गरिन्छ। तर वित्तीय साक्षरता भनेको यहि नै हो भन्नेबारे ठोस परिभाषा बनिसकेको छैन। 

सामान्य रुपमा भन्दा कमाएको पैसाबाट आवश्यक पर्ने खर्च गरेर बाँकी रहेको पैसालाई कसरी सुरक्षित रुपमा जोगाउने वा बचत गर्ने र त्यसको प्रयोगले कसरी भविष्यलाई सुरक्षित बनाउने भन्ने कुराहरु पर्छन। त्यसमा पनि प्रविधिको प्रयोगबाट पैसा भुक्तानी तथा प्राप्ति गर्ने कुरालाई प्रविधि सहितको वित्तीय साक्षरता भनेर अर्थ्याइएको छ। अर्थात बैंकमा खाता खोल्नु र त्यहाँ बचत गर्नु मात्र नभई इन्टरनेट बैंकिंङ चलाउने, अनलाइन मार्फत नै भुक्तानी गर्ने, बिभिन्न भुक्तानी प्रणालीको प्रयोगबाट मोबाइल फोनको ब्यालेन्स रिचार्ज गर्ने जस्ता कुराहरु समेत वित्तीय साक्षरतामा पर्ने बताइन्छ। 

वित्तीय साक्षरता भनेको के हो भन्ने प्रश्नबाट माथि उठेर बिजपाटी डटकमले वित्तीय रुपमा साक्षर कसरि हुन सकिन्छ भन्ने बिषयलाई केन्द्रमा राखेर 'प्रविधि सहितको वित्तीय साक्षरता' भन्ने नारा सहित वित्तीय साक्षरबारे बिषय उठानको प्रयास गरेको छ। यहि बिषयमा केन्द्रित रहेर बिजपाटी डटकमले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved