ढुवानी हुने सामानको बीमा कसरी गर्ने , कति लाग्छ शुल्क ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 07:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनैपनि बस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा अर्थात् ओसार पोसार गर्दा गरिने बीमालाई सामुन्द्रिक बीमालेख भनिन्छ । अर्थात कुनपनि वस्तु ढुवानी गर्दा हुने सम्भावित क्षतिलाई कम गर्न सामुन्द्रिक बीमालेख गरिन्छ । यो एक देशबाट अर्काे देशमा सामान ढुवानी गर्दा वा देशभित्रै सामान ढुवानी गर्दा पनि यो बीमालेख अन्तर्गत बीमा गरिन्छ ।

सामानहरु ३ मार्गबाट ढुवानी हुन्छ । हवाई मार्ग, जल मार्ग र स्थलमार्ग । अर्थात हवाई जहाजबाट, डुङ्गा(पानीजहाज)बाट र गाडी तथा रेलबाट सामान ढुवानी हुन्छ । 

नेपालकै एक स्थानबाट अर्काे स्थानमा ढुवानी गर्दा भने स्थलमार्ग र हवाई मार्गबाट ढुवानी गरिन्छ । यसरी ढुवानी गर्दा हुने क्षतिका लागि मरिन ईन्स्योरेन्स पोलिसि (सामुन्द्रिक बीमालेख) अन्तर्गत बीमा गरिन्छ । 

यस प्रकारको बीमा गर्नुपर्दा सूरुमा रहेको कुनैपनि एक निर्जीवन बीमा कम्पनी छनौट गर्नु पर्दछ । त्यस पश्चात सो कम्पनीलाई बीमा गर्नेबारे जानकारी गराउनु पर्दछ । फोन या ईमेल मार्फत जानकारी गराउन पर्दछ । बीमा गराउने सामानको सर्भेयरलाई प्रि डिस्प्याच सर्भे गराउनु पर्दछ । यति भएपछि बीमा कम्पनीको ईमेलमा प्रि डिस्प्याच सर्भे रिपोर्ट र सामानको ईन्भोईस, सामान कहाँदेखि कहाँ लैजाने लगायतको विवरण पठाएपछि कम्पनीले बीमालेख जारी गरिदिन्छ । 

यस्तो बीमा गर्द सामानको प्रकार र जोखिमको किसिमका आधारमा बीमाशुल्क भुक्तान गर्नु पर्दछ । बीमाशुल्क भुक्तान अनलाईनबाट पनि गर्न सकिन्छ । र, बीमा अनलाईनबाट पनि हुन्छ । सो बीमालेख कम्पनीले बिमितको ईमेलमा पठाइदिन्छ । भौतिक रुपमा पनि सो बीमालेख बीमितसम्म पुर्याउने व्यवस्था पनि कम्पनीले गर्ने गरेको छ । 

 बीमाशुल्क कति ?

कुनै पनि सामान र जोखिमका आधारमा बीमाशुल्क फरक फरक हुन्छ। यस्तै सो बस्तुको परिमाण अनुसार पनि शुल्क फरक पर्ने नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ । उदाहारणका लागि ठुलो परिमाणमा रहेको चिनी(प्याकिङग नभएको) ढुवानी गर्दा सबै जोखिमको लागि ०.६० प्रतिशत बीमाशुल्क लाग्छ । त्यसैगरी, आधारभुत जोखिमका लागि ०.३५ प्रतिशत शुल्क लाग्छ भने न्यूनतम जोखिमका लागि ०.१४ प्रतिशत शुल्क लाग्ने गर्दछ । अब, अन्य प्याकिङमा रहेको चिनीको हकमा सम्पूर्ण जोखिमका लागि ०.३५, आधारभूत जोखिमका लागि ०.२० र न्यूनतम जोखिमका लागि ०.०८ प्रतिशत शुल्क लाग्ने गर्दछ । 

यसरी चिनी ढुवानीको बीमाशुल्क नै ६ प्रकारको देखिन्छ । अन्य बस्तुहरुको बीमा शुल्क पनि यही प्रकारले फरक फरक हुन्छ । 

यसैगरी पेट्रोलिय ईन्धनको कुरा गर्दा पेट्रोल, डिजेल र मट्टितेलको बीमाशुल्क ठुलो परिमाणमा हुदाँ सबै जोखिमका लागि ०.८० प्रतिशत, आधारभुत जोखिमका लागि ०.५० प्रतिशत र न्यूनतम जोखिमका लागि ०.२० प्रतिशत बीमाशुल्क लाग्ने गर्दछ । 

त्यसैगरी, ट्याङ्करमा ढुवानी गर्दा सम्पूर्ण जोखिमका लागि ०.४० प्रतिशत, आधारभूत जोखिमका लागि ०.२५ प्रतिशत र न्यूनतम जोखिमका लागि ०.१० प्रतिशत बीमाशुल्क भुक्तान गर्नु पर्दछ । 

बीमा प्राधिकरणले बस्तुको ४१ प्रकारको तह छुट्याएको छ । ती सबै बस्तुहरुको बीमाशुल्क माथि उल्लिखित अनुसार नै फरक फरक हुने गर्दछ । बीमा प्राधिकरणको वेवसाईटमा गएर्र सामुन्द्रिक बीमा दर सम्बन्धी निर्देशिका, २०६५ 'परिमार्जीत मिति २०६८।०३।१००’ मा बस्तु अनुसारको बीमाशुल्क दर हेर्न सकिन्छ । 

दाबी भुक्तानी

यसरी ढुवानी गर्दा कतै कुनै कारणले समानको क्षति भएको खण्डमा सर्वप्रथम बीमा गरेको कम्पनीलाई जानकारी गराउनु पर्दछ । सो कम्पनीको क्लेम डिपार्टको फोन कल वा ईमेल गरेर जानकारी गराउन सकिन्छ । 

जानकारी प्रप्त भएपछि कम्पनीले सर्भेयरलाई अवलोकनका लागि पठाउँछ । सर्भेयरले गएर सो सामान कति क्षति भयो भन्ने लगायतको अध्ययन गरेर कम्पनीलाई रिपोर्ट बुझाँउछ । सो रिपोर्टमा सर्भेयरले उल्लेख गरेको बराबरको क्षति कम्पनीले भुक्तान गरिदिन्छ । 

सर्भेयरले अवलोकन गरेर कम्पनीलाई रिपोर्ट बुझाउँदा बीमालेख र प्रि डिसप्याच सर्भे रिपोर्ट पनि एटेज गरिदिएको हुन्छ । सोहि आधारमा कम्पनीले भुक्तान गरिदिन्छ । 

तर, बीमितले जानाजान वा नियतवस गराएको क्षति लगायत विभिन्न किसिमका क्षतिमा भने कम्पनीले दाबी भुक्तान गर्दैन । 

(नेको ईन्स्योरेन्सको सहयोगमा) 

यस अघि :  घरको बीमा गर्न कति शुल्क लाग्छ, के के चाहिन्छ कागजात ?

कसरी गर्ने धान खेतिको बीमा, कति लाग्छ खर्च ?

वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्दा कति लाग्छ खर्च, के के पाइन्छ सुविधा ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved