वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्दा कति लाग्छ खर्च, के के पाइन्छ सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 05:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै पनि व्यक्ति श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बीमा गर्नुपर्ने नियम छ । जसलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा भनिन्छ । व्यक्तिले वैदेशिक रोजगारीका लागि कुन देश जान लागेको भन्ने बारेमा खुलाएर उसको उमेर र काम गर्नै अवधिका आधारमा यो प्रकारको बीमा गरिन्छ । 

वैदेशिक रोजगर म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक फरक हुन्छ । जसमा १८ वर्षको एक युवाले गर्दा लाग्ने प्रिमियम शुल्क र ६४ वर्षको उमेरकाले बीमा गर्दा लाग्ने प्रिमियममा ३ गुणासम्मको फरक पर्दछ ।

तर, उक्त बीमा अन्तर्गत पाउने दाबी भुक्तानीमा भने कुनै फरक छैन । अर्थात १८ वर्षको युवाले र ६४ वर्षको व्यक्तिले पाउने दाबी एउटै हुँछ । 

अनिवार्य रुपमा अनलाईबाट नै गर्नुपर्ने प्रावधान गरेको यस प्रकारको बीमा गर्दा राहदानीको स्क्यानकपी, नागरिकताको स्क्यानकपनी, एक प्रति पासपोर्ट साईजको फोटो अनलाईनबाट नै अपलोड गरेर यो प्रकारको बीमा गर्न सकिन्छ । ईसेवा र खल्तीमार्फत अनलाईनबाट बीमा गर्न सकिन्छ । र कम्पनीको वेबसाईटबाट नै बीमा भएको नभएको हेर्न पनि सकिन्छ । यस्तै बीमा अवधि पनि हेर्न सकिन्छ । 

यसका साथै प्रिमियम रकम ईसेवा र खल्तिबाट भुक्तानी बीमा गर्दा नै गर्नुपर्ने हुन्छ । यस प्रकारको बीमाका बीमाङ्क रकम १० लाख रुपैयाँको हुन्छ । 

कति लाग्छ खर्चः

बीमा प्राधिकराणले उमेर समूहको आधारमा ४ प्रकारले प्रिमियम शुल्क तोकेको छ । 

जस अन्तर्गत १८ देखि ३५ वर्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा १ हजार ४ सय ८६ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा २ हजार २ सय २९ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा २ हजार ६ सय ४६ रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ३ हजार ३ सय ८ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ३ हजार ५ सय २४ रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार १ सय ११ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा ४ हजार ४ सय २३ रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार ९ सय ७६ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा १ हजार ५ सय ४८ रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा ५ हजार ६ सय ६३ रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७ सय २८ रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा ६ हजार २ सय ५ रुपैयाँ ।


त्यसैगरी, ३६ देखि ५० वर्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा २ हजार १ सय ७५ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा ३ हजार २ सय ६३ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा ३ हजार ६ सय २५ रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार ५ सय ३१ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ५ हजार ९ सय ३० रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७ सय ५२ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा ६ हजार ९० रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा ६ हजार ८ सय ५१ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा ७ हजार १ सय ५ रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा ७ हजार ८ सय १६ रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा ८ हजार ४ सय ११ रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा ९ हजार १ सय १२ रुपैयाँ ।


यस्तै ५१ देखि ६४ वार्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७६ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा ७ हजार ६ सय १४ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा ८ हजार २ सय ५० रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ९ हजार ६३ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ९ हजार ५ सय ७० रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ११ हजार १ सय ६५ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा १२ हजार ३५ रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा १३ हजार ५ सय ३९ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा १४ हजार ५ सय रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा १५ हजार ९ सय ५० रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा १६ हजार ८ सय २० रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा १८ हजार २ सय २२ रुपैयाँ । 


त्यसैगरी ६४ वार्ष भन्दा बढी उमेरका व्यक्तिहरुका लागि बीमा कम्पनीले तोके अनुसार प्रिमियम मूल्य कायम हुन्छ । तर, ५१ देखि ६४ वर्ष उमेर समूहलाई लाग्ने मूल्यमा ५० प्रतिशत भन्दा बढी थप गर्न कम्पनीले पाउँदैन । 

उक्त सबै समूह र उमेरको प्रिमियम मूल्यमा घातक रोग वापतको थप ४०० रुपैयाँ प्रिमियम शुल्क लाग्छ । जस्तै, १८ वर्षको उमेरका एक व्यक्तिले १ वर्षको लागि यस प्रकारको बीमा गर्दा १४ सय ८६ रुपैयाँमा ४ सय थप हुदाँ १८ सय ८६ रुपैयाँ प्रिमियम तिर्नु पर्ने हुन्छ । 

यसरी गरिएको बीमाको अवधिभित्र व्यक्तिको कुनै दुर्घटना तथा मृत्यु भएमा सो बमोजिम दावी भुक्तानी कम्पनीले दिने गर्दछ । दुर्घटनाको सन्दर्भमा कस्तो प्रकारको दुर्घटना, शरिरको कुन भाग तथा अंगमा कति क्षति भयो लगायत विभिन्न कुराहरुको अध्ययन गरेर कम्पनीले दावी भुक्तानी गर्ने गर्दछ ।

दाबी भुक्तानीः

उक्त बीमा गरेका व्यक्तिको सो समय अवधिको  मृत्यु भएमा सो व्यक्तिको परिवारे जतिसक्दो छिटो कम्पनीमा दाबीको लागि निवेदन दिनु पर्दछ । यसरी निवेदन दिँदा वटा कार्यलयबाट जारी मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र, विदेशमा मृत्यु भएमा राजदूतावासले जारी गर्ने पत्र, अस्पतालमा मृत्यु भएमा अस्पतालले दिने प्रमाणपत्र, शव फिर्ताको ईम्बलमिङ’ सर्टिफिकेट वा भन्सार प्रज्ञापनपत्र, कम्पनीबाट जारी भएको पोलिसी आदि कागजात सहित कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । 

निवेदन दिएको १५ दिन भित्र कम्पनीले दावी रकम भुक्तानी गरिदिन्छ । 

यसैगरी, दुर्घटनाको अवस्थामा पनि सम्बन्धित कागजातहरु सहित निवेदन दिनु पर्ने हुन्छ । 

यसरी प्रक्रिया पुरा भएपछि मृत्यु दावी अन्तर्गत परिवारले मृत्यु दाबी अन्तर्गत १० लाख, काजकिरिया खर्च १ लाख, शव फिर्ता वापत १ लाख, आय नोक्सानी वापत २ लाख गरी कुल १४ लाख रुपैयाँ कम्पनीबाट पाउने व्यवस्था रहेको छ । 

यसैगरी दुर्घटनाको सन्दर्भमा पूर्ण रुपमा अशक्त भएमा १० लाखमा आय नोक्सानी वापत २ लाख गरी १२ लाख रुपैयाँ भुक्तान हुन्छ । यस सन्दर्भमा आंशिक रुमपा असक्त भएमा ५ लाख रुपैयाँमा आय नोक्सानी वापत १ लाख थपेर ६ लाख रुपैयाँ कम्पनीले भुक्तान गर्दछ । त्यसैगरी १५ वटा प्राण घातक रोग मध्ये कुनै पनि एक रोग लागेमा ५ लाख रुपैयाँ भुक्तान हुन्छ ।

दुर्घटना वा कुनै कारणवश हुने क्षतिका आधारमा दावी रकम: 

निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँ ठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा  एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोका जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाका दृष्टि पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकम बराबर भुक्तानी अर्थात १० लाख रुपैयाँ भुक्तानी हुन्छ । 

त्यसैगरी, एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरीक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा वोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा वा दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकमको ५० प्रतिशत दावी भुक्तानी हुन्छ । अर्थात ५ लाख रुपैयाँ भुक्तानी हुन्छ । 

यसका सथै एउटा कानको सुन्ने शक्ति पूर्ण रुपमा क्षति भएमा वा हातको बुढी औँला पूर्ण रुपले क्षति भएमा बीमाङ् रकम(१० लाख) को २० प्रतिशत अर्थात २ लाख रुपैयाँ भुक्तानी हुन्छ । त्यसैगरी, हातको चोरी औँलाको पूर्ण रुपले क्षति भएमा १५ प्रतिशत अर्थात १ लाख ५० हजार रुपैयाँ, हातको बुढी र चोरी औँला बाहेक कुनैपनि पूर्णरुपले क्षति भएमा ७ प्रतिशत अर्थात ७० हजार रुपैयाँ भुक्तान हुन्छ । 

यसैगरी खुट्टाको बुढी औँला पूर्णरुपले क्षति भएमा ५० हजार र खुट्टाका अन्य औँलाहरुको क्षति भएमा ४० हजार रुपैयाँ कम्पनीले दावी भुक्तानी गर्छ । 

दावी भुक्तानी नहुने अवस्था: 

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट बीमितको मृत्यु वा अपाङ्गता वा अंग भंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्नेछैन ।

क) कानून बमोजिम अनुमति पाएका हवाई जहाजमा उडान गर्दा बाहेक अन्य उडान गर्दा ।

ख) कानूनको वर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य ( युद्ध घोषित होस वा नहोस) मा संलग्न भएमा ।

ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।

(घ) नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकमा जाँदा ।


(प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सहयोगमा)


यस अघि : कसरी गर्ने धान खेतिको बीमा, कति लाग्छ खर्च ?

घरको बीमा गर्न कति शुल्क लाग्छ, के के चाहिन्छ कागजात ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved