नेपाल ल्याउने अनुमति लिएर भारतमै छोडिन्छ सुपारी, डीजी भन्छन्, ‘बोल्न मिल्दैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2021 | 10:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेको थियो । कोरोनाको जोखिम बढिरहेको भन्दै आर्थिक भार पर्ने भनेर २०७६ चैत २४ गतेदेखि सुपारीको आयात रोकिएको थियो । 

तर, २०७७ चैत ९ गतेको मन्त्रिपरिषद बैठकले सुपारीको आयात माथिको प्रतिबन्ध फुकुवा गर्यो । आर्थिक वर्ष २०७७/०७८ (२०७८ असार मसान्तसम्म) भित्र २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिने निर्णय भयो ।

वाणिज्य विभाग भन्छ, ‘बोल्न मिल्दैन’

‘अघिल्लो लकडाउनबाट बन्द भएको सुपारीको आयात हाई लेवलको पावर लगाएर व्यापारीहरुले खोले’ वाणिज्य विभाग स्रोत भन्छ, ‘परिणाम नै तोकेर असार मसान्तसम्म २५ हजार मेट्रिक टन सुपारी ल्याउन दिने भन्ने निर्णय भएको छ । यो ल्याउने अनुमति क–कसले पाए, अनुमति पाएका मध्ये कसले कति ल्याउने भन्ने कुरा हामीलाई जानकारी गराईएको छैन । हामीले यसबारे केही भन्न सक्दैनौँ ।’

विभागका महानिर्देशक प्रकाश पौडेल २५ हजार मेट्रिक टन सुपारी आयातको जिम्मा २२ वटा फर्महरुलाई दिईएको बताउँछन् । तर, कुन कुन फर्मले कति कति परिणामा ल्याउने अनुमति पाएका छन् भन्ने विषय सार्वजनिक गर्न नमिल्ने उनको भनाई छ ।

यसअघिः
सरकारकै अनुमतिमा हुण्डीबाट यसरी बाहिरिँदैछ ४ अर्ब ५७ करोड

‘असार मसान्तसम्म यति परिणाम ल्याउन सक्छु भनेर जिम्मा पाएको फर्मले ल्याउन सकेन भने ब्ल्याक लिस्टमा पर्छ’ महानिर्देशक पौडेलले भने, ‘जिम्मा पाएका फर्महरु यी यी हुन् भन्दा पछि ल्याउन सकेनन् भने ब्ल्याक लिस्टमा पनि उनीहरु नै पर्ने, क्षमता पनि उनीहरुकै नदेखिने, नाम पनि पहिल्यै उनीहरुको आउने हुनाले अहिले नाम नभनौँ, विजनेश इथिक्सले पनि अहिले फर्महरुको नाम भन्न मिल्दैन ।’

कति आयो ?

अहिलेसम्म ५ हजार मेट्रिक टन पनि नआएको वाणिज्य विभागका महानिर्देशक पौडेलको भनाई छ । यो परिणामलाई आधार मान्ने हो भने असार मसान्तसम्म २५ हजार मेट्रिक टन सुपारी आउन कठिन रहेको उनले बताए ।

‘अहिलेसम्म ५ हजार मेट्रिक टनभन्दा बढी आएको छैन, भन्सारको तथ्यांकले यही भन्छ’ महानिर्देशक पौडेल भन्छन्, ‘तैपनि असार मसान्तसम्म कुर्नैपर्छ, जिम्मा पाएका फर्महरुले ल्याउँछौँ भनेका छन् । तर, ल्याउन सक्छन् जस्तो लाग्दैन ।’

कुन देशबाट ल्याउन अनुमति दिईएको हो भन्ने बारेमा भने विभागले गुणस्तरीय सुपारी व्यापारीले जुनसुकै देशबाट ल्याउन सक्ने बताएको छ ।

चोर बाटोबाट भारतलाई बेच्ने दाउ

सुपारी उत्पादन हुने तराईका जिल्लाका व्यवसायीहरुले भने चोर बाटोबाट भारतमा निकासी गर्न आयातको अनुमति दिईएको आरोप लगाएका छन् । झापाको उर्लाबारी र मेची नगर उद्योग वाणिज्य संघ लगायतका उद्योगी व्यवसायीका संघहरुले भारतले सुपारीको आयात गर्न नदिने भएकाले नेपाली आयातकर्ता मार्फत भारतमा सुपारीको निकासी हुने बताएका छन् ।

‘इन्डियाले सुपारीको आयात गर्दैन, नेपालमा भने आयात गर्न पाइन्छ’ एक जना व्यवसायी भन्छन्, ‘नेपालका फर्महरुले आयात गर्ने सुपारी नेपालको लागि होइन, त्यो इन्डियाकै लागि हो । इन्डोनेशीया, भियतनाम लगायतका देशबाट नेपाली फर्महरुको नाममा आयात हुने सुपारी इन्डियाको नाका हुँदै आउँछ र इन्डियामै रहन्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved