एमसीडोडोका एक्सेसरिजहरु नेपालमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 08:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनलले आइफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो । 

एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरु, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ । 

कम्पनीका अनुसार उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र, नेपाली बजारमा एमसीडोडोका रु ५०० मुल्य देखि १२ हजार मुल्यसम्मका एकसेसरिजहरु रहेका छन् । 

बढ्दो आइफोनप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरुलाई सहजिकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरु–आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरु ल्याएको छ । उक्त एक्सेसरिजहरु विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरुले देशभरका विभिन्न रिटेल पसलहरु तथा दराजबाट खरिद गर्न सकिने छ । 

एमसीडोडोका उत्पादनहरु उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएको कम्पनीको दाबी छ । यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved