साताको चौथो दिन आज सुन चाँदीको कारोबामा मूल्य घटेको छ । मंगलबाको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँ मूल्य घटेको हो ।
छावापाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैंरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ३ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार १ सय ३० रुपैयाँ र चाँदीमा ६ सय रुपैयाँ मूल्य कायम गरेको छ ।