साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १ सय रुपैयाँ, तेजावी सुन ५० हजार ८ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य तोकेको छ ।