सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको जनाएको छ । विहिबार प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाला सुन शुक्रबार ३०० रुपैयाँले बढेर ६५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज तेजाबी सुनको मूल्य पनि ६४ हजार ७०० बाट बढेर ६५ हजार ५०० पुगेको छ । महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५६ हजार १६० रुपैयाँ कायम गरेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ७७० रुपैयाँमा स्थिर छ । महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६६० रुपैयाँ कायम गरेको छ ।