आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि सोमबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९० हजार ८६० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज सोमबार चाँदी प्रति तोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ९०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।