सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 10:44:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ५ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved