तोलामा ६ सयले सस्तियो सुन, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 10:44:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved