सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 11:15:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय १० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ८ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ५१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved