तोलामा ९ सयले महँगियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2022 | 12:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

यो साता सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य प्रतितोला ९०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।

यो साता आइतबार तोलामा ६०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार १०० र मंगलबार ३०० रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको थियो । त्यसयता बुधबार एकैदिन मूल्य १००० रुपैयाँले घटेको थियो । यस्तै, बिहीबार ८०० र शुक्रबार १०० रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved