सुन तोलामा १ सयले घट्दा चाँदीको भाउमा भारी वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 11:25:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा एकैपटक ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ७ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved