तोलामा ३ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 10:42:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved